Tuesday, June 3, 2014

राखेप सदस्यसचिव लामाको पुनः पदबहाली

राखेप सदस्यसचिव लामाको पुनः पदबहाली २०७१ जेठ २० गते १९:०२ मा प्रकाशित  70  6  0  २० जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (
राखेप सदस्यसचिव लामाको पुनः पदबहाली
राखेप) का सदस्यसचिव युवराज लामाले मंगलबार पुनः सदस्यसचिवको पदबहाली गरेका छन् ।  सर्वोच्च अदालतले सोमबार सदस्यसचिव लामालाई जेठ २६ गते सोमबारसम्म नहटाउन र यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेपछि लामाले पुनः पदबहाली गरेकाहुन् । गत जेठ २ गते शुक्रबार युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सोही मन्त्रालयका सहसचिव चुडामणि पौडेललाई निमित्त सदस्य सचिवमा नियुक्त गरेका थिए ।  पदबहालीपछि सदस्य सचिव लामाले सर्वोच्चको फैसलाले आम खेलकुद क्षेत्रले न्याय पाएको भन्दै आगामी दिनमा खेलकुदमन्त्रीसँग सहकार्य गरेर खेल र खेलाडीको हितमा काम गर्ने बताए । उनले आफ्नो ३५ महिनासम्मको कार्यकालमा पार्टीगत हिसाबले नगई आम खेलकुद क्षेत्रको हितका लागि निःस्वार्थ रुपमा काम गरेको बताउँदै आगामी सोमबार सर्वोच्च अदालतले जे फैसला गरे पनि आफूले मान्य हुने बताए ।  लामाले पदबहाली गर्नुअघि विभिन्न संघ संस्थानका कार्यकर्ताले आफूलाई कालो झण्डा देखाउँदै नाराबाजी गरेकामा आफ्नो अपमान नभई सर्वोच्च अदालतको फैसलाको अपमान भएको बताए ।  सदस्यसचिव लामाले पदबहाली गर्नुअघि राखेपको मैदानमा नेपाल खेलकुद महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघका पदाधिकारीले केहीबेर नाराबाजी गर्दै लामालाई कालो झण्डा देखाएर विरोध गरेका थिए । लामालाई राखेपको मूलढोकामा प्रहरीले सुरक्षा दिँदै कार्यस्थलसम्म पुर्‍याएका थिए । रासस  - See more at: http://www.onlinekhabar.com/2014/06/206897/#sthash.c9hNg83v.dpuf

No comments:

Post a Comment